back
NMB ad

सहकारीलाई जोगाउने जिम्मेवारी सेयर सदस्यको हो : जिसी

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई संरक्षण गर्ने जिम्मेवारी संस्थाका सेयर सदस्यहरुको भएकाले सदस्यहरु सचेत हुनु पर्नेमा जोड दिनु भएको छ ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, यसलाई सञ्चालन गर्न, राम्रो बनाउन तथा सहकारीकै रुपमा अगाडि बढाउनका लागि सदस्यहरुको सक्रियता, सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ स्थित लेखनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरुका कारण आम समुदायमा सहकारी खराव पो हुन् कि भन्ने आशंका बढेको छ, जिसीले भन्नुभयो–सहकारीहरुले साधारणसभामा मार्फत आफ्ना सदस्यहरुलाई संस्थाको अवस्था, योजना, कार्यक्रम र वित्तीय अवस्थाको बारेमा सचेत बनाउदै यस्ता भ्रमहरु चिर्न आवश्यक छ ।

सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि नियमित रुपमा सहकारी शिक्षा, सदस्य भेटघाट तथा सदस्य केन्द्रीत अभियानहरु सञ्चालन गर्नु पर्नेमा जोड दिदै जिसीले सदस्यहरु पनि नाफा भन्दा सुरक्षा र अन्य सुविधामा केन्द्रीत हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खडानन्द लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र वझा, फेवासिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत त्रिभुवन पराजुली, जनप्रिय सहकारी संस्थाका अध्यक्ष रविमोहन अधिकारी, लायन्स क्लव इन्टरनेशनल ३२५ का कोषाध्यक्ष नारायण बराल, शेयर सदस्यहरु गोविन्द वाग्ले र गंगा लामिछाने लगायत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हरि बहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष विश्वप्रकाश बरालको स्वागत र सचिव लेखनाथ सापकोटा तथा सञ्चालक रुपकला श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक, विद्यार्थी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कर्मचारी लगायतले सम्मान गरिएको थियो ।

संस्थाले संस्थागत रुपमा सदस्यहरुसंग वित्तीय कारोबारसंगै सामाजिक रुपमा शिक्षा, स्वास्थ्य, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

१ हजार ८ सय जना शेयर सदस्य रहेको संस्थामा ७ करोड सेयर पूँजि, ५ करोड कोष, ३८ करोड वचत रकम, ४४ करोड कर्जा लगानी सहित ५१ करोडको कुल कारोबार रहेको संस्थाका व्यवस्थापक गोविन्द लामिछानेले जानकारी दिनुभयो ।

वि.सं.२०७९ भदौ २७ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...