back
NMB ad

नमस्ते पेद्वारा फेस्टिभ क्याम्पियनको सुरु, यस्ता छन् सेवा र अफर

Kumari bank ad

काठमाडौं । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पियन ल्याएको छ ।

यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।
यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

प्रयोगकर्ताहरूले जति धेरै लेनदेन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्सफर र लोन फण्ड) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताउनु भएको ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...