back
NMB ad

रासायनिक मल कारखाना स्थापनाका लागि प्रतिवेदन सार्वजनिक गर्दै दिगो पूर्वाधार लगानी मञ्च २०२२ सम्पन्न

Kumari bank ad

काठमाडौं । लगानी बोर्डको आयोजनामा काठमाडौँमा दिगो पूर्वाधार लगानी मञ्च २०२२ Sustainable Infrastructure Investment Forum (SIIF 2022) बुधबार सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट उद्‍घाटन भएको उक्त कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका तथा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डबाट तयार पारिएको ‘Establishing a Fertilizer Plant in Nepal’ सार्वजनिक गरिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लगानीकर्तालाई एकल विन्दुबाट सेवा दिने उद्देश्यले तयार पारिएको वेभमा आधारित एकल विन्दु सेवा (Web-based One Stop Service) को पनि शुभारम्भ गर्नुभयो।


उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई वार्षिक रूपमा १९ विलियन डलर आवश्यक पर्ने र यसको लागि ठूलो परिमाणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्‍वान गर्नुभयो । लगानीकर्ताको लगानी सुरक्षा र आवश्यक पर्ने सबै खालको सहजीकरण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी महामहिम राजदूत Ms. Nicola Pollitt, विश्व बैंकका तर्फबाटManaging Director Ms. Mari Pangestu, निजी क्षेत्र तथा परियोजना विकासकर्ताका प्रतिनिधिहरूले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालमा विभिन्न परियोजनाहरूमा लगानी गर्ने विकासकर्तालाई प्रधानमन्त्री देउवाले प्रशंशा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा Accelerating Climate Finance in Nepal र Investment in Nepal’s Energy Transition विषयक समानान्तर सत्रहरू सञ्‍चालन भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले अध्यक्षता गर्नुभएको Business Environment for Development Sustainable Infrastructure in Nepal विषयक मुख्य सत्रमा एसियाली विकास बैंक, WAPPP, निजी क्षेत्र र सरकारी निकायका उच्च अधिकारीहरूले दिगो पूर्वाधार विकासमा लगानीको वातावरण सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको समापन समारोहलाई नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी तथा FCDO की डेभलपमेन्ट डाइरेक्टरMs. Pippa Bird ले सम्बोधन गर्नुभयो । मुख्य सचिव बैरागीले “नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएकोले पूर्वाधार संरचनामा लगानी आग्रह गर्नुभयो । उहाँले भन्न्ुभयो, तपाईँहरुको लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गरेको छ” भनी लगानीकर्ताहरुलाई थप लगानीका लागि आह्‍वान गर्नुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले परियोजना विकासलाई परिणाममुखी ढाँचामा अघि बढाएको बताउनु हुँदै लगानीको सम्पूर्ण चक्रमा लगानीकर्तालाई आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत भट्टले कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिले कार्यक्रमको अपेक्षित लक्ष्य हासिल गर्न सहयोग गरेको उल्लेख गर्दै आयोजकका तर्फबाट सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । समापन मन्तव्यको क्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमामय उपस्थितिले SIIF 2022 कार्यक्रम सफल भएको उल्लेख गर्दै पूर्वाधार संरचनाका विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ र सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।

तस्विरहरु

वि.सं.२०७९ भदौ ३० बिहीवार १८:२० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...