back
NMB ad

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

Kumari bank ad

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका–कोलाले जनाएको छ ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “यो वर्षको “सम्बन्ध उत्सव स्वादसँग” लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो। दसैंँ विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ ।”

दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी–बुकको मद्धतबाट दसैंँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैंँको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।

त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो “नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागि पनि छ । हामी हरेक वर्षको दसैंँमा हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशा लिएका छौँ ।”

दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।
यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन् ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...