काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरेको छ। असोज २ गते सुचना जारी गर्दै बोर्डले आवेदन माग गरेको हो।
सूचना अनुसार आगामी ३० दिनभित्र आवेदन दिने आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुले ब्रोकर लाइसेन्स पाउनेछन् । त्यसको लागि उनीहरुले सेबोनले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ ।
त्यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितापत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अबको ४५ दिन भित्र आवेदन दिनु पर्नेछ।
वि.सं.२०७९ असोज २ आइतवार १०:३१ मा प्रकाशित