back

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

Kumari bank ad

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनोट भएका छन् । विद्यालयको स्तरोन्नती गर्न सरकारले ल्याएको कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहका यी विद्यालय विभिन्न कार्यक्रमका लागि छनोट भएका हुन् ।

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत जिल्लाको बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिका ६र६ वटा विद्यालय छनोट भएका छन् । त्यसैगरी मध्यनेपाल, सुन्दरबजार र राईनास नगरपालिकाअन्तर्गत पाँचरपाँच वटा विद्यालय छनोटमा परेका छन् भने मस्र्याङदी र दूधपोखरी गाउँपालिकाअन्तर्गत दुईरदुईवटा विद्यालय छनोटमा परेका छन् । क्होलासोथाँरको कुनै पनि विद्यालय यस बर्ष छनोटमा परेको छैन ।

कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि आठवटा विद्यालय छनोट भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि नौ वटा र आइसिटी स्थापनाका लागि १४ वटा विद्यालय छनोट भएका छन् ।

छनोट भएका विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ५० लाख अनुदान पाउने भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि प्रति विद्यालय २५ लाख र आइसिटी स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

चालु वर्ष आइसिटी कार्यक्रमका लागि मात्रै १४ विद्यालय छनोट भएका छन् ।
त्यसैगरी चारकोठे भवन निर्माणका लागि दोर्दीमा दुई, बेसीशहरमा एक, राईनासमा एक, मस्र्याङदीमा एक, सुन्दर बजारमा एक र मध्यनेपालमा एक विद्यालय छनोट भएका छन् ।

दुई कोठे भवन निर्माणका लागि भने मध्यनेपालमा एक, सुन्दर बजारमा एक, मस्र्याङदीमा एक, राईनासमा एक, दोर्दीमा दुई र बेसीशहरमा तीनवटा विद्यालय छनोट भएका छन् ।

जिल्लामा छनोट भएका विद्यालयअनुसार कार्यक्रमका लागि यस वर्ष कुल सात करोड १६ लाख रुपियाँ अनुदान आउने भएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १९:३३ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...