back
NMB ad

भोलिदेखि सुदूरपश्चिमका सात जिल्लामा अग्रिम टिकट बुकिङ खुला

Kumari bank ad

काठमाडौं । सुदूरपश्चिमका पहाडी सात जिल्लाका लागि सवारीको टिकट बुकिङ भोलि (बुधबार)देखि खुला हुने भएको छ । प्रदेशमा सञ्चालनमा रहेका यातायात (बस) व्यवसायी समितिहरुले प्रदेशका सात जिल्लामा यात्रा गर्ने यात्रुका लागि भोलिदेखि टिकट बुकिङ खुल्ला गर्न लागेका हुन ।

दसैँको दुई दिनअघिसम्मका लागि बसको टिकट बुकिङ गर्न सक्ने गरी ५ असोजदेखि बस टिकट खुला गरिएको जनाइएको छ । अग्रिम टिकट बुकिङ गर्दा यात्रुको चापअनुसार अतिरिक्त बसको व्यवस्थापन गर्न सजिलो हुने न्यु सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले बताए । ‘अग्रिम टिकट बुकिङ गर्दा कुन दिन कुन रुटमा यात्रुको चाप बढी हुन्छ भन्ने प्रष्ट हुन्छ,’ अध्यक्ष सापकोटाले भने, ‘त्यसैअनुसार अतिरिक्त बस परिचालन गर्न सहज हुने गर्दछ ।’

अग्रिम टिकट बुकिङ धनगढीबाट सञ्चालन हुने सबै बसमा लागु हुनेछ । धनगढी बसपार्कको साझा काउन्टरबाट अग्रिम टिकट बुकिङ हुने अध्यक्ष सापकोटाले बताए । ‘टिकट बुकिङ सबै समितिको समन्वयमा हुनेछ,’ सापकोटा भन्छन्, ‘अतिरिक्त बसको परिचालन त्यसै अनुसार गरिनेछ ।’

कैलाली कञ्चनपुरबाहेक सुदूरपश्चिमका ७ जिल्लाका लागि अग्रिम टिकट बुकिङ्क गर्न सकिने उनले बताए । सुदूरपश्चिमबाट पूर्विरुटमा सञ्चालन हुने सवारीको हकमा भने १ असोजदेखि नै टिकट बुकिङ खुला गरिएको छ ।

वि.सं.२०७९ असोज ४ मंगलवार १२:५३ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...