back
NMB ad

पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका सडक स्तरोन्नति सुरू

Kumari bank ad

हेमन्त केसी, सुर्खेत । जाजरकोटका पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका मुख्य तीन वटा सडकको स्तरोन्नति सुरु भएको छ । भेरी करिडोरअन्तरर्गत छिन्चु(जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी-रारा सडक निर्माण र सतरोउन्नति सुरू भएको हो ।

जाजरकोट हुँदै जुम्ला जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन पनि सुरू भएको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्रको ८३ किलोमिटर सडकमा समेत काम सुरू भएको छ ।

सिंह एण्ड ब्रदर्स कम्पनीका विश्वास उप्रेतीका अनुसार ब्रदर्सले लिएको ठेक्कामध्ये जाजरकोट(कुदु देखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालोपत्रे सम्पन्न भइसकेको छ । यस्तै, स्याउलीदेखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पनि कालोपत्रे भइरहेको छ । कार्कीगाउँ-थलह २० किलोमिटरमा पनि काम सुरु भएको छ ।

थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र पूरा भएको छ । चालु आर्थिक वर्षभित्रै मध्यपहाडी लोकमार्गअन्तरर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य सरकारको छ ।

भेरी करिडोरको जाजरकोट(डोल्पा सडक खण्डको ११८ किलोमिटरमध्ये पासागाड-रिम्ना ( १७ किलोमिटर) खण्ड यति बिल्डर्स प्रालि सातदोबाटो ललितपुरले तीन वर्ष देखि सतरोउन्नती र कालोपत्रे गरिरहेका छ । रिम्ना–तल्लु सम्माको ४० किलोमिटर सडक ३६ महिनाभित्र निर्माण पूरा गर्नेगरी भदौबाट स्तरोन्तति सुरु भएको छ । एक अर्बको ठेक्कामा उक्त काम श्रेष्ठ कन्सट्रक्सनले लिएकोमा श्रेष्ठबाट यति बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको गोरखबहादुर केसीले जानकारी दिए ।

यो सडक समेत यही आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दावी छ । भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिब्रिज निर्माण पूरा भएर सवारी साधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश बस्यालले जानकारी दिए ।

डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ । यस्तै, जाजरकोट र रुकुम पश्चिमको बीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले जानकारी दिए । जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै लुम्विनी –रारा सडक खण्डको काम समेत जारी रहेको छ ।

वि.सं.२०७९ असोज ५ बुधवार १४:२० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...