back
NMB ad

गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

Kumari bank ad

मोहम्मद हबिब, भैरहवा । नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो ।

दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ ।

बैंकले यस अघि भदौ २६ गतोबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ । अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् ।

रुपन्देहीको हकमा सर्वसाधरणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ ।

वि.सं.२०७९ असोज ६ बिहीवार ०८:५१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...