back

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय, कतिको हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते) बिहान ९ बजे बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट असोज ७ गते सम्पन्न भइसकेको छ ।

कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १६.२९ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट वितरण हुनेछ ।

वि.सं.२०७९ असोज ९ आइतवार १७:४८ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...