back
NMB ad

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

Kumari bank ad

सुधा देव, सप्तरी । राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।

सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन ।

कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो । मोबाइल र साथीहरूसँग व्यस्त भई पढाइप्रति ध्यान दिन छाड्यो । कक्षा ६ मा अध्ययनरत छोरा कक्षामा १५औँ स्थानमा आयो ।

छोराको बिग्रँदो भविष्यप्रति चिन्तित परियारले दुखेसो पोखिन्, ‘छोरा गतिलो भएर सुख पाउने आशमा बसेको त त्यो आशा पनि कोरोना र मोबाइलले खोसेर लगेको छ । अब कसको सहयोग पाउने आशामा म बाँच्नु रु मेरो जिन्दगी नै अन्धकार हुने भयो ।

राजविराज नगरपालिका वडा नं ६ खर्साल टोलकी ३९ वर्षीया अनिता यादव पनि छोरा लेखपढमा भन्दा मोबाइल चलाउनमा व्यस्त हुन थालेपछि निकै चिन्तित हुन थालेकी छन् । जिल्लाकै एउटा गैरसरकारी संस्थामा कार्यरत उनी छोराको भविष्य अन्धकारतर्फ जानलागेको चिन्ताले सताएको छ । उनले भनिन्, छोरा कक्षा ९ मा पढ्छ । एकछिन मोबाइल नभई हुँदैन । लत जस्तै भएको छ ।

छोरालाई भोकभोकै बसेर भए पनि मोबाइल चलाउन पाए पुग्ने भएको उनले बताइन् । अहिले मोबाइल चलाउने बेला भएको छैन,पढ्ने बेला हो । राम्ररी पढ्यौ भने भविष्य उज्ज्वल हुन्छ भन्दा पनि बुझ्दैनु छोराको भविष्यको चिन्ताले त कति रात निदाउन नसकेको उनको अनुभव छ ।

चिन्तित अभिभावक र शिक्षक

छोराछोरी, नातिनातिनाहरूमा बढ्दो मोबाइलको लतलाई लिएर आमाबाबु, हजुरआमा हजुरबाबुहरू निकै चिन्तित हुनथालेका छन् । परिवारमा तनाव भएर घरको माहोल बिगार्ने कामसमेत हुन थालेको छ । छोरीको मोबाइल कुलतबाट आजित रमेश चौधरी भन्छन्– जतिबेला पनि मम्मीको मोबाइल उनको हातमा हुन्छ । फोन गर्न माग्यो भने दिन मान्दैन । गाली गरेर मोबाइल माग्यो भने रिसाएर घरबाट निस्किदिन्छ ।

विष्णुपुर गाउँपालिका वडा नं। ३ हाटीकी संजु यादवलाई पनि कक्षा ८ र ९ मा पढ्ने छोराछोरीको मोबाइलको लत देखेर विरक्त लाग्ने गरेको छ । उनले भनिन्, मोबाइल आवश्यक छ तर जतिबेला पनि मोबाइल हातमा बोक्ने कुरा होइन । नत दराजभित्र थुन्ने नै चिज हो । एकछिन छोड्यो कि हातमा आउनै गाह्रो । मोबाइल पाएपछि के के न पाए जस्तो गरेर आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सेर अधिकार मात्र खोज्न थालेको दुखेसो यादवको छ ।

राजगढ गाउँपालिकाको कमलपुरस्थित श्री खुमनाथ जगरनाथ शक्ति आधारभूत विद्यालयका शिक्षक श्यामप्रित मण्डलले अहिले विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय वस्तु मोबाइल भएको उल्लेख गर्दै मोबाइलको गलत प्रयोगले बालबालिका र युवामा नकारात्मक असर परिरहेको बताए ।

उनले भने, वाइफाई, इन्टरनेट पहुँच नभएको ठाउँभन्दा पहुँच भएको ठाउँका अधिकांश परिवारका युवा तथा बालबालिकाहरू धेरैभन्दा धेरै समय मोबाइलमा अनावश्यक समय खर्च गर्न थालेपछि पढाइमा कमजोर भइरहेका छन् ।

विद्यार्थीहरू पढाइमा कमजोर भएका विद्यार्थीहरूमध्ये एक हुन्, राजविराज नगरपालिका वडा नं। १ चनौराकी बिनिता रजक । रजक २०७९ को एसइई परीक्षामा गणित विषयमा अनुत्तीर्ण भइन् । मोबाइलमा धेरै समय खर्चिनाले उनको पढाइमा समेत असर गर्‍यो । उनले भनिन्, कोरोनाको समयमा लामो समय विद्यालय बन्द थियो । काम नभएपछि मोबाइल हेर्न धेरै समय दिन्थेँ । अहिले लत जस्तै भएको छ । एक दिन खान नदिँदा केही लाग्दैन । दुई घण्टा मोबाइल नहेरी सक्दिनँ ।

रजकको मोबाइलमा युट्युबमा कमेडी भिडियोहरू हेर्ने बानी बसेको छ । उनको अनुभवमा कक्षामा पढाइ चलिरहँदा पनि केटाकेटीहरू च्याटिङ् हुन्छन् । पढाइतिर ध्यान दिँदैनन् ।

राजविराजस्थित केशो अनुरूद्धवती माध्यमिक विद्यालयका विज्ञान शिक्षक निलम मिश्राका अनुसार, कोरोनाकाल सुरु भएपछि दुई वर्षयता मोबाइल प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या हवात्तै बढेको छ । उनको अनुभवमा विद्यार्थीहरूले घरमा बढी समय र विद्यालयमा लुकीछिपी मोबाइल चलाउँदै आएका छन् । विद्यार्थीहरूले मोबाइलबाट केही सिक्नुभन्दा त्यसको अनावश्यक रूपमा प्रयोग गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले भनिन्, विद्यार्थीहरूमा मोबाइलको लत बढेपछि,सही सदुपयोग हुन नसकेपछि विद्यार्थीहरूको शैक्षिक स्तर घट्नु अहिलेको सबैभन्दा चुनौती र चिन्ताको विषय बनेको छ ।

खासगरी शिक्षित अभिभावक होस् वा अशिक्षित,सबै आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहन्छन् । अचेल उनीहरू एकैछिन फुर्सत पाउनेबित्तिकै मोबाइल हातमा लिएर सामाजिक संजालमा व्यस्त भै हाल्छन् ।

आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन मोबाइल बनेको छ ।

अधिकांश अभिभावकले धेरै काम मोबाइलबाट गर्ने गरेका छन् । बालबालिकाले घरमा अधिकांश समय आमाबाबुले मोबाइल चलाएको हेरिरहेका हुन्छन् । उनीहरूले आमाबाबु वा घरको अन्य सदस्यले बानीव्यहोराबाटै धेरै कुरा सिकिरहेका हुन्छन् ।

ससाना बालबालिकालाई अल्झाउन, सजिलै र छिटोखाना खुवाउनका लागि मोबाइल हेर्न दिनेको सङ्ख्यामा प्रतिदिन वृद्धि हुँदै छ । बालबालिकालाई अल्मल्याउन सजिलो पाटोको रूपमा मोबाइललाई प्राथमिकतामा राखेपछि बालबालिकाहरूलाई मोबाइलको लत लाग्ने गरेको छ । बालबालिकाहरू शरीरलाई असर पर्ने पहिले जस्तो खेलकुद नगरी धेरै समय घरमै बिताउन चाहनुको परिणाम पनि हो मोबाइलमा लत ।

मोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेला तुरून्तै जानकारी लिन सकिन्छ । सूचना एकै छिनमा विश्वमा पुर्याउन सकिन्छ । बालबालिकालाई सिकाउन र विद्यार्थीलाई अल्छी नलाग्ने गरी पढाउनका लागि मोबाइल सहयोगी साधन बन्न सक्छ । यति हुँदाहुँदै पनि बालबालिकालाई मोबाइलको कुलत नलागोस् भन्नेमा अभिभावक तथा शिक्षकहरू सजग र सचेत हुनु जरूरी छ । शिक्षक मण्डल ससाना बालबालिकादेखि १२ सम्मका विद्यार्थीहरूलाई अति आवश्यक कामका लागि बाहेक मोबाइलको पहुँचबाट टाढा राख्नुपर्ने तर्क छ ।

वि.सं.२०७९ असोज ९ आइतवार २०:५५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...