back
NMB ad

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सकहरु

Kumari bank ad

ललितपुर । क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका क्यान्सर विजेताहरुसँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व विरामीहरुको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु पुगेनन् मात्र नाचगानमासमेत सहभागी भएका थिए ।

क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरको सवैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए । उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए । सुदीप्त क्यान्सर सर्भाभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुग अर्थात डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो ।

साथै सांगितिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए । नाचगानमा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतले क्यान्सर विजेताहरुको खुशीमा सहभागी हुँदै हौसला बढाउन नाचगानमा साथ दिएका थिए ।

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना विरामीहरुलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन् । साथै क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहेका थिए ।

 

वि.सं.२०७९ असोज १० सोमवार १८:५४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...