back
NMB Ad

घरेलु ,लैङ्गिग हिंसा पत्रसहित प्रत्येक घरमा प्रहरी

Nepal Bank

हेमन्त केसी

सुर्खेत । भेरी नगरपालिका –३ नयाँ बस्तीमा दुई जना प्रहरी एका विहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाइहरुका समस्या के छन् भन्दै सबै परिवारका सदस्यालाई पालैपाले प्रश्न गर्दा डाँगी परिवार अनौठौ मान्दै सबै समस्य प्रहरीलाई सुनाउछन् ।

प्रहरीले घरेलु ,लैङ्गिग हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यलाई हिंसा भनिन्छ भन्ने कुरा उल्लेख गरिएको पत्र उपलब्ध गराउदै तपाइको परिवारमा भएको समस्य सबै जानकारी गराउनुभएकोमा धन्यवाद दिदै त्यहाँबाट बाहिरिन्छन् ।

त्यस्तै नलगाड नगरपालिका –७ स्थित नविन सिंहको घरमा दिउँसो पानीको झरीसँगै पुगेको प्रहरीले सबैलाई नमस्कार गर्दै घरमा सबै सन्चै हुनुहुन्छ होला भन्दै घरेलु ,लैङ्गिग हिंसा सम्वन्धी जानकारी लेखेको पत्र दिएर सबै पढन आग्रह गर्छन । नविनको परिवारको फोन नम्वर रजिस्टरमा टिप्दै परिवारमा भएको समस्या लिखित संकलन गरी पुर्न नमस्कार गर्दै आफ्नो नम्वर छोडेर केही थप पछि समस्या भएमा फोन गरेर जानकारी गराउन आग्रह समेत गर्दछन् ।

जिल्लाका सातवटा पालिकाका सबै घरमा पुगेर प्रहरीले फोन नम्वर , परिवार संख्या र घरमा भएको समस्याका विषयमा समेत सोधेर लिखित जानकारी हप्ता दिन देखि लिन सुरु गरेको छ । प्रहरीले तत्काल केही समस्य नभएपनि पछि भैपरी आउने समस्याहरु समेत जानकारी गराउनका लागि फोन नम्वर छोड्दै फोन गर्न आग्रह गर्दै आएको छ । घर ,घरमा हुने घरेलु ,लैङ्गिग हिंसाका विषयमा सचेतना जगाउदै प्रहरीले समस्याको बर्गीकरण समेत गर्न थालेको जाजरकोट प्रहरी प्रमुख ९ डिएसपी० सन्तोष निरौलाले जानकारी दिए ।

चुनावको समयमा समेत सबै घरमा नेता नपुग्ने अवस्थामा प्रहरीको उपस्थिती सबै घरमा हुँदा जनताले प्रहरी नै भरपर्दो सहयोगी भएको महसुस गर्न थालेका छन् । जनयुद्धको समयमा प्रहरी ,प्रशासन भन्न वित्तिकै सर्वसाधारणको बुझाई फरक हुने गर्दथ्यो । शान्ति कालमा आएसँगै केही परिवर्तन भएपनि आफूसँग भएको समस्यका विषयमा प्रहरी चौकीमा नै जानुपर्छ भन्ने बुझाईका कारण खास समस्या प्रहरी सामु पुग्न नसकेकोले घर घरमा पुगेर प्रहरीले गुनासो लिखित रुपमा टिपेर लिएपछि राज्य भएको महसुस भएको नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले दिए ।

प्रहरीले सबै गुनासो ,फोन नम्वर र समस्या टिपेपछि त्यसको बर्गीकरण गरेर पालिका , वडा र प्रहरी मध्य कसको भागमा उक्त समस्य पर्छ, उसैले समाधान खोज्नका लागि पहल सुरु गरिएको डिएसपी निरौलाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाहेक अन्य प्रहरी चौकीमा स्थायी फोन नम्वर नभएकोले सबै यूनिटमा स्थायी फोन नम्वर समेत उपलब्ध गराएको उनले जानकारी दिए । पालिकाको सहयोगमा उक्त काम गरिएको छ । एक हप्ता अघि जिल्लाका सबै पालिका प्रमुख र सरोकारवाला निकायको सहभागितामा जिल्लाका सबै ठाउँमा घरेलु ,लैङ्गिग हिंसा विषयमा जानकारी लिनका लागि कामको सुरुवात गरिएको थियो ।

अधिकांश समस्याहरुमा सरोकारवाला निकायको पहुँच नहुनु र सामाजिक बन्धनका कारण सबै कुरा खुल्न नसक्ने भएकाले यो अभियान सञ्चालन गर्नुपरेको नलगाड नगरपालिकाका पुर्व नगरप्रमुख टेकबहादुर रावलले बताए । ७७ जिल्ला मध्य जाजरकोटमा पहिलो पटक यो अभियान सञ्चालन गरिएको छ ।

समस्यलाई नजिकबाट बुझन र समाधान निकाल्नका लागि यो अभियान सञ्चालन गरिएको हो । पहुँचवालाले मात्र सबै काम गर्न र न्याय पाउछन् भन्ने बुझाइलाई गलत सावित गर्न यो अभियानले थप टेवा पुग्ने छ । जिल्ला भरीका सर्वसाधारणहरुको अवस्था ,पीडा र गुनासोहरु एकै पटक केन्द्रीत गरेर समाधानका उपाय र विधि समेत खोजि गरिने सरोकारवालाको भनाई छ ।

वि.सं.२०७९ असोज १० सोमवार १९:०१ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...