काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि अर्थात असोज १२ गते बुक क्लोज गर्ने भएको हो ।
योसँगै आजसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।
वि.सं.२०७९ असोज ११ मंगलवार ०७:५२ मा प्रकाशित