back
NMB ad

राजमार्गका होर्डिङबोर्ड र प्रचार सामग्री हटाइँदै

Kumari bank ad

काठमाडौं । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।

एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताउनुभयो ।

“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उहाँले भन्नुभयो । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ । यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ ।

घुमफिर वर्ष

बागती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ । बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवद्र्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो ।

बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९÷८० को शुभारम्भ गर्दैछ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिइएको छ । कोभिड १९ ले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै यहाँको प्रकृतिक सांस्कृति सम्पदाको प्रवद्र्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिनुभयो ।

सौराहाबाट शुभारम्भ गरिएको कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने उहाँको भनाइ छ । बागमती प्रदेशमा धेरै धार्मिक पर्यटकीयस्थल भएकाले तिनीहरूको उजारसँगै प्रचार–प्रसार गर्नका लागि बागमती प्रदेश सरकारले गत भदौ १६ गते गरेको निर्णयानुसार घुमफिर वर्ष मनाउन लागिएको कार्यालयका उपससचिव रमेश पौडेलले बताउनुभयो । घुमफिर वर्षका अवसरमा बागमती प्रदेशभित्र रहेका सौराहासहित, सैलुङ, मुढे, खाँडादेवी मन्दिरलगायतका स्थानको प्रवद्र्धन गरिने उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०९:०१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...