back
NMB ad

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले सात दिनभित्र ब्याज÷हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार–व्यवसाय धरापमा परेका बेला राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायीहरुलाई मानसिक तनाव दिने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ ।”

सङ्घका अध्यक्ष कँडेलले आफू पनि बैंकको ताकेताबाट पीडित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैंकले मनपरी ब्याज बढाउने, राष्ट्र बैंकको निर्देशन विपरीत ताकेता गर्ने काम भइरहेको छ ।” नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैंकहरुले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गर्नुभयो ।

यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैंकहरुलाई विरोधपत्र बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैंकको निर्देशन विपरीत बैंकहरुबाट काम भइरहेको भए कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैंकका कार्यहरुको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैंकले आवश्यक कारबाही गर्छ ।” बैंकको ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ । प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापारचक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताउनुभयो ।

वि.सं.२०७९ असोज १२ बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...