back
NMB ad

कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

Kumari bank ad

लमजुङ । सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएको छ ।

हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ । पानी र दाउराको सहज आपूर्ति भए पनि मुख्य कच्चा पदार्थ हलेदो नपाएका कारण उद्योग सकंट परेको हो । कच्चा सामग्री सरल र सुपथ मूल्यमा पाउने आशामा सञ्चलनमा ल्याइएको उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपुर्ति हुन नसकेको आदेय उद्योगका संचालक परमेश्वर अधिकारीले बताए ।

उनले भने, ुपर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा बाहिरबाट ढुवानी गरेर ल्याउदा महङ्गो पर्ने भएकाले उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिएको छैन । यो उद्योगबाट उत्पादन हुने तेलको बजार अमेरिकामा मात्र छ । हालसम्म अन्य देशका बजारमा जोडिन पाएको छैन । यस उद्योगले भविष्यमा अर्गानिक बेसार (पाउडर) उत्पादन गरी यूरोप अमेरिकी कम्पनीमार्फत बिक्री बितरण गर्ने र देशभित्र पनि अनुशन्धान गरी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्य लिएको संचालक अधिकारीले बताए ।

जीविकोपार्जन, उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटियन नेपालले बाँझो जमिनको उपयोग गरी रोजगारीको बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाब दिएपछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक अधिकारीले बताए । उनले भने उत्पादनलाई बजारसँग जोड्दै गाउँघरमा आयआर्जनमा सहयोग पुर्याउनु उद्योगको प्रमुख उद्देश्य हो ।

यो उद्योग ०७५ सालमा स्थापना भएको हो । ७० लाख रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए । उद्योगमा वासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिन प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ । नेपालमा अन्य ठाउँमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भए पनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको प्राविधिक सल्लाहाकार छवी काफ्लेले बताए ।

वर्षभरी तेल उत्पादन गर्ने गरी कच्चा पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले आठ सय लिटर तेल उत्पादन गर्न सक्छ । तीन सय टन हलेदोको खपत गर्न सक्छ । यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यक पर्छ । यो उद्योगलाई नियमित सञ्चाचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्र निर्माण गर्नुपर्ने सञ्चालक अधिकारी बताउँछन् ।

वि.सं.२०७९ असोज १२ बुधवार १४:२५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...