back
NMB ad

साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै ब्यापार

Kumari bank ad

पोखरा । सुपथ मुल्यको सामान बेच्ने  साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ ।

दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म विक्रि गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्याका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनि र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नुन मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनि विक्री गरेको थियो ।

त्यसअघि चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गथ्र्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफुहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजाम महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

वि.सं.२०७९ असोज १३ बिहीवार १०:०४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...