काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२०० रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ ।
त्यसैगरी, आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ असोज १३ बिहीवार ११:४७ मा प्रकाशित