काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य समायोजन गरेको छ ।
आयलको २५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २२७ रूपैयाँ ३६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २८४ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४ मा प्रकाशित