काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गर्नेछ ।
यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुनेछ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
वि.सं.२०७९ असोज १३ बिहीवार १६:४३ मा प्रकाशित