back
NMB ad

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

Kumari bank ad

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ । मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्व तिर जोमसोम, पोखरा गएपछि मुगु, जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका हुन् ।

नेपालीहरूको महान् चाडपर्वको समयमा मुगुमा नियमित उडान भर्न र यात्रुको सास्तीलाई मध्यनजर गर्दे आज प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतमार्फत ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस मुगुका पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

मुगुमा आइतबार र सोमबार तारा एयरले उडान भर्ने गरेको छ भने त्यस्तै आइतबार, मंगलबार नेपाल एरलायन्स, आइतबार , बिहीबार , शनिबार सिता र आइतबार, बुधबार , शुक्रबार समिट एयरले उडान भर्ने तालिका रहेको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...