back
NMB ad

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

Kumari bank ad

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले शेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...