back
NMB ad

राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह–२०७९’ सम्पन्न गरिएको छ ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो ।

हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

उक्त समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगणलगायत सरकारी निकायका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो । फूलपाती बढाइँ समारोहअन्तर्गत आयोजित परेड प्रदर्शनमा सेनाले दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरेको थियो ।

सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो ।

कोभिड–१९ सङ्क्रमणका कारण अघिल्लो वर्ष साङ्केतिकरूपमा मात्रै फूलपाती बढाइँ गरिएको थियो । बडादसैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैं घरमा भित्र्याउने साइत मिलाएर टँुडिखेलमा फूलपाती बढाइँ गर्ने चलन छ । सैनिक मञ्चको बढाइँ हेर्न टँुडिखेल वरपर नागरिकहरुको बाक्लो उपस्थिति थियो ।

वि.सं.२०७९ असोज १६ आइतवार १९:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...