back
NMB ad

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

Kumari bank ad

दिलमाया शाही

जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन् । त्यस्तै, घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो ।

२०५६/०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो । तर, केही वर्षयतादेखि कर्णाली स्पोर्टस क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली संंस्कृतिलाई जगेर्ना गर्दै आएको छ । यस वर्षको फुलपातीकै दिन छैंटौं पटक घोडा दौड प्रतियोगिता गरिएको हो । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ ।

त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् ।

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए ।
तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए ।

पछिल्लो समयमा घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन । तर, यसअघि जुम्ला विमानस्थल पिच हुनुभन्दा अगाडि विमानस्थलमै घोडा दौड हुन्थ्यो ।’ विमानस्थल पिच भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागीता थियो ।

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...