back
NMB ad

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा

Kumari bank ad

मुकेश कुमार यादव, सिरहा । सिराहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य सहितका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएको छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजिनामा दिएको हो ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भैरहेकोले सामुहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने ुजसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजिनामा गर्नुपरेको बताए ।ु
उनले थपे । विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको उनले दुख व्यक्त गरे ।

मधेसवादीको स्थापना भएको बेला बिभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए। उनले भने,जसपा पार्टी तानासाही पार्टी रहेकोले हामि लगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानिय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेको बताए ।

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन् ।
सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ ।

जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न:-३’क’ बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहेको थियो । सिंहलाई ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ ‘क’को लागि टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

वि.सं.२०७९ असोज १९ बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...