back
NMB ad

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री

Kumari bank ad

मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि होइन । बलिउडका यि कलाबार बारे जानौ जो पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् ।

रणवीर कपुर

रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी पूर्ण रुपमा शाकाहारी बनेका छन् । हालका दिनमा उनी वीगन डाइटमा छन् ।

भूमि पेडनेकर

कोरोनाको लकडाउन अघिसम्म अभिनेत्री भूमि मांसाहारी थिइन् । तर, कोरोनालगत्तैको लकडाउनले उनलाई शाकाहारी बनाइदियो । घरमै बस्नुपर्ने भएका कारण उनले आफूलाई पूर्ण रुपमा शाकाहारी बनाइन् । शाकाहारी बनेपछि शरीरमा आएको परिवर्तनप्रति उनी खुशी छिन् ।

रितेश देशमुख

रितेशले दुई वर्षअघि मात्र ननभेज त्यागेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले गरेको निर्णय फ्यानलाई जानकारी दिएका थिए । उनी अहिले शाकाहारी जीवनशैलीमा रमाइरहेका छन् ।

शिल्पा सेठ्ठी

आफ्नो फिटनेसका लागि चिनिएकी शिल्पाले सन् २०२० मा मांसाहारी भोजनबाट सन्यास लिइन् । फिटनेसकै कारण उनले शाकाहारी भोजनलाई अपनाइन् ।

जोन अब्राहम

जोनले कैयौं वर्षअघि मांसाहारी परिकारबाट आफूलाई अलग्गै राखेका छन् । उनले बलिउडमा पाइला चाल्नुअघि नै मांसाहारी परिकारलाई त्यागेर शाकाहारी भोजन अपनाइसकेका थिए ।

कंगना रनावत

कंगना मुम्बई आउनुअघि मांसाहारी थिइन् । तर मुम्बई आएपछि उनी पूर्ण रुपमा शाकाहारी बनिन् ।

आलिया भट्ट

आलियाले सन् २०२० देखि मांसाहारी भोजन त्यागिन् । मांसाहारी भोजनको शौखिन उनले मांसाहारी परिकार त्याग्दा सबैजना चकित परेका थिए । तर अहिले भने उनको यो निर्णयले परिवार खुशी छन् ।

शाहिद कपुर

शाहिद कुनै बेला मांसाहारी भोजनको शौखिन थिए । तर, पिता पंकज कपूरले दिएको एक पुस्तक पढेपछि उनी पूर्ण रुपमा शाकाहारी बने ।

वि.सं.२०७९ असोज १९ बुधवार १४:१५ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...