back

म्याग्दीमा दसैंमा भित्रियो चालीस करोड रेमिट्यान्स

Kumari bank ad

गलेश्वर । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दसैंको फुलपातीको अघिल्लो दिन (षष्ठी)सम्म रु चालीस करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन । जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

म्याग्दीका छवटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, चारवटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्थालगायत एक दर्जन सहकारीले चार करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन् ।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभु, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकले पनि रेमिट भुक्तानी गरेका छन् । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाहेक अघोषित रुपमा हुण्डीबाटसमेत दसैं खर्च भित्रिने भएकाले चाडपर्वमा यो रकमभन्दा निकै धेरै रकम भित्रिएको अनुमान गरिएको छ ।

म्याग्दीमा करिब ६० प्रतिशत भन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी अरब, युएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ । रेमिट्यान्सबाट आएको रकम अपभोग्य विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादीक्षामा खर्च हुने गरेकाले पनि उत्पादनमूलक क्षेत्रमा निकै न्यून लगानी हुने गरेको बैंक तथा वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब रु चार अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ । पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लागानी गर्न थालिएको छ । म्याग्दीबाट करिब ३० हजार भन्दा धेरै युवा र प्रौढ वैदेशिक रोजगारीमा रहेका छन् ।

वि.सं.२०७९ असोज २० बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि...