back
mega bank Ad
Hero Ad

आज २७ फागुन २०७८ शुक्रबार,थाहा पाउनुहोस् आजको राशिफल

आजको पात्रो : २७ फागुन २०७८ शुक्रबार । तद्नुसार मार्च ११ तारिक २०२२ । फागुनशुक्लपक्ष नवमी तिथि, हिजोदेखि होलिकारम्भ शुरुवात भएको छ । आज बालव करण, मृगशिरा नक्षत्र, आयुष्मान योग, चन्द्रमा मिथुन राशिमा छ । आज सूर्योदय बिहान ६ः१८ भएको छ भने सूर्यास्त ६ः१० मा हुनेछ । आज बिहान १०ः४६ देखि १२ः१५ सम्म राहुकाल छ । राहुकालमा कुनै पनि शुभकार्य गर्न नहुने मान्यता छ । आजको देवता चन्द्र र ग्रहदेव केतु हुन् । शुक्रबार आभूषणका विलासिताका सामान खरिद गर्दा शुभ मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला ।  मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ  । तपाईंले निकैं सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाई‌ंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्छन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ छ  । आज बिहान सूर्यनारायणको दर्शन पनि दिनको शुरुवात गर्नु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ छ । त्यसैले आजको दिन तपार्इंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यले तपार्इंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको राशिबाट महिला र वृद्ध मातालाई केही उपहार दिनु होला । तपाईंमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।  कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मिहिनेतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा  ध्यान दिनु पर्ने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपार्इंको कार्यमा सफलता मिल्नेछ । विवाद हुने काम नगर्नु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपार्इंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको  मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययनअध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुची बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक ऊर्जा मिल्नेछ ।

वि.सं.२०७९ असोज २१ शुक्रवार ०६:४५ मा प्रकाशित

You can share this post!

आज २१ मंसिर २०७९ बुधबार, यस्तो छ आजको राशिफल

आज २१ मंसिर २०७९ बुधबार, यस्तो छ आजको राशिफल

वि.सं.२०७९ मंसिर २१ बुधवार ०६:१६

आजको पात्रो : २१ मंसिर २०७९, बुधबार । तद्नुसार डिसेम्बर...

आज १९ मंसिर २०७९ सोमबार, थाहा पाउनुहोस आजको राशिफल

आज १९ मंसिर २०७९ सोमबार, थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १९ सोमवार ०६:१२

आजको पात्रो: आज १९ मंसिर २०७९, सोमबार । तद्नुसार डिसेम्बर...

आज १८ मंसिर २०७९ आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल

आज १८ मंसिर २०७९ आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल

वि.सं.२०७९ मंसिर १८ आइतवार ०६:११

आजको पात्रो : १८ मंसिर २०७९, आइतबार । तद्नुसार डिसेम्बर...

आज १७ मंसिर २०७९ शनिबार, यस्तो छ आजको राशिफल

आज १७ मंसिर २०७९ शनिबार, यस्तो छ आजको राशिफल

वि.सं.२०७९ मंसिर १७ शनिवार ०६:१९

आजको पात्रो : १७ मंसिर २०७९, शनिबार । तद्नुसार डिसेम्बर...

आज १६ मंसिर २०७९ शुक्रबार, यस्तो छ आजको राशिफल

आज १६ मंसिर २०७९ शुक्रबार, यस्तो छ आजको राशिफल

वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०६:११

आजको पात्रो : १६ मंसिर २०७९, शुक्रबार । तद्नुसार डिसेम्बर...

आज १५ मंसिर २०७९ बिहीबार, थाहा पाउनुहोस् राशिफल

आज १५ मंसिर २०७९ बिहीबार, थाहा पाउनुहोस् राशिफल

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:१०

आजको पात्रो : १५ मंसिर २०७९, बिहीबार । तद्नुसार डिसेम्बर...