back

यस्तो छ आगामी तीन दिनको मौसम

Kumari bank ad

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।

उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उहाँले भन्नुभयो, “अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।”

नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताउनुभयो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ । महाशाखाका अनुसार गत २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँम नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७९ असोज २२ शनिवार १२:१९ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...