back
NMB ad

वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

Kumari bank ad

पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा रु नौ अर्ब २० करोड ७३ लाखको एक लाख ९० हजार नौ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उहाँले बताउनुभयो । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।

गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १० अर्ब १३ करोड मूल्यको एक लाख ४८ हजार चार सय ६० किलोलिटर डिजेल, रु चार अर्ब ६३ करोड मूल्यको ६२ हजार सात सय ३२ किलोलिटर पेट्रोल, रु एक अर्ब ९८ लाख मूल्यको १५ हजार तीन सय ६४ किलोलिटर हवाई इन्धन, रु सात करोड ७४ लाख मूल्यको नौ सय ८० किलोलिटर मट्टितेल र रु चार अर्ब १९ करोड मूल्यको ४३ हजार छ सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।

चालु आवको सोही अवधिमा रु १३ अर्ब ९५ करोड मूल्यको एक लाख सात हजार चार सय ६ किलोलिटर डिजेल, रु सात अर्ब ५३ लाख मूल्यको ६२ हजार सात सय ६० किलोलिटर पेट्रोल, रु दुई अर्ब ४२ करोड मूल्यको १८ हजार नौ सय ८० किलोलिटर हवाई इन्धन, रु १२ करोड १५ लाख मूल्यको आठ सय ८० किलोलिटर मट्टितेल र रु पाँच अर्ब ७४ मूल्यको ४२ हजार पाँच सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट सङ्कलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा रु नौ अर्ब ६६ करोड ९६ लाख राजश्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १६ करोड ७२ लाख बढी अर्थात् रु नौ अर्ब ८३ करोड ६९ लाख राजश्व सङ्कलन भएको छ ।

वि.सं.२०७९ असोज २२ शनिवार १४:३८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...