back
NMB ad

अन्तर्राष्ट्रिय विमानस्थलबाट यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

Kumari bank ad

काठमाडौं । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौं विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ ।

कोभिड–१९ महामारीपूर्व काठमाडौं विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्थे । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाइ उडान सुरक्षा र सेवा गुणस्तरमा ध्यान दिइएको छ ।

“विमानस्थलमा स्लट व्यवस्थापन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको छ । अहिले जहाज ‘होल्ड’ र ‘डिले’ हुने अवस्था छैन । ‘सेफ्टी इनह्यान्स’ गरेका छौँ । अहिले पर्यटकीय सिजनमा पनि विगतमा जस्तो दुई देखि तीन घण्टा जहाज होल्ड र उडान डिले हुँदैन, मौसमले साथ दिएसम्म त्यस्तो कुनै समस्या छैन”, महाप्रबन्धक ठाकुरले भन्नुभयो ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी लगानीको हिमालय एयरलाइन्स र बुद्ध एयर )भारतको बनारसमा) ले अन्तराष्ट्रियतर्फ उडान गरिरहेका छन् । भारतको एयर इन्डिया, इन्डिगो र विस्ताराले काठमाडौँ विमानस्थलमा उडान भर्दै आएका छन् । चीनको एयर चाइनाले मात्रै साताको एक उडान गरिरहेको छ । कोभिडपूर्व चीनका चार एयरलाइन्सले काठमाडौँमा उडान गर्थै । कोभिडपूर्व चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरेका थिए ।

नेपाल एयरलाइन्सले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान गर्छ । विमानस्थलको विवरणमा अहिले अन्तराष्ट्रियतर्फ दैनिक दुईतर्फी ७५ देखि ८५ उडान भइरहेको छ । चाडपर्व र पर्यटकीय सिजन चलिरहेकाले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ अहिले दुईतर्फी तीन सय १० उडान चलिरहेको छ ।

तत्कालका लागि थप अन्तर्राष्ट्रिय एयरलाइन्स सम्पर्कमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हङ्गेरीको बिज एयरले आगामी अक्टोबर ३० देखि यूएईको अवुधावी उडान गर्ने अनुमति पाएको छ । नोभेम्बर १५ तारिखबाट वीन्टर सेडूल आउने र त्यसमा गौतमबुद्ध विमानस्थललाई केन्द्रित गरिएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो । हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने चासो देखाएका छन् ।

गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतको जजिरा एयरले दैनिक एक उडान गरिरहेको छ ।

महामारीपछि पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ । पर्यटकीय सिजन पनि सुरु भएको छ । दसैँ सकिएर तिहार र छठपर्वको सङ्घारमा रहेकाले अहिले अन्तर्राष्ट्रिय आन्तरिक उडान चाप बढेको छ । हवाईयात्रुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक यात्रुले एयरलाइन्सको ‘विजनेश’ बढाएको छ । चाडपर्वसँगै भ्रमणमा निस्कने यात्रुको सङ्ख्या बाक्लिएको छ ।

यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

प्राधिकरणका अनुसार टिआइएबाट अहिले २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपालको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् ।

त्यस्तै एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् । जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेड, ड्रुक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् ।

विमानस्थलमा पछिल्लो पटक थाई स्माइल एयर, भिस्तारा र श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् । गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । नेपालले हाल ४० मुलुक र युरोपेली सङ्घ गरी ४१ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । छिट्टै अमेरिका, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, रुवाण्डालगायत मुलुकसँग हवाई सम्झौता हुने जनाइएको छ । रासस

वि.सं.२०७९ असोज २५ मंगलवार १४:५१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...