काठमाडौं । सामुदायिक लघुवित्त सहित दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १२८ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४०८ रुपैयाँ कायम भएको छ।
यति बेला सिंगटी हाइड्रोपावरको सेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २२ रुपैंया १० पैसाले वृद्धि भई २७७ रुपैंया १० पैसा कायम भएको छ ।
वि.सं.२०७९ असोज २७ बिहीवार १२:५० मा प्रकाशित