back
NMB ad

फोक्सिङटारको आर्क ब्रिजको ढलान सकियो, एक महिनाभित्रै सञ्चालनमा आउने

Kumari bank ad

उदयपुर । उदयपुर–खोटाङ जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा निर्माणाधिन आर्क ब्रिजको ढलान सम्पन्न भएको छ । आर्क ब्रिज ढलानपछि उदयपुरखोटाङ पक्की पुलले जोडिएको छ ।

ढलानसँगै लामो समय अलपत्र अवस्थामा रहेको फोक्सिङटारको पक्की पुल अबको एक महिनाभित्रमा सञ्चालनमा आउने भएको हो । १० वर्षदेखि अलपत्र अवस्थामा रहेको फोक्सिनटारको पक्की पुल यातायात सञ्चालनको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले पछिल्लो समय द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो ।

सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको यो पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेको हो । गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिङटारमा निर्माणाधीन पुल २२ चैत २०७५ मा सम्पन्न गर्ने गरी ३० चैत ०६९ मा १८ करोड २ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले सम्झौताअनुरुप चार वर्षअघि नै निर्माण सम्पन्न गर्नु पर्नेमा पुलको डिजाइन निर्माणमा ढिलाई गरेकाले तोकिएको समयमा निर्माण सम्पन्न नभएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेबीका प्रोपाईटर राजकुमार थापाले जानकारी दिए । उनले भने, पुलको मुख्य स्ल्याब ढलान शुक्रबार सकेका छौं ।

अबको एक महिनाभित्र पुलको रेलिङ लगाउने काम र पुल वारीपारीको एप्रोज रोड बनाउने र कालोपत्रे गर्ने योजना छ । नदीको दुवैतर्फ साढे ६ मिटर गहिरो फाउन्डेसनसहित २० मिटर अग्लो पिलर र एक सय २० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती वाईपी जेबीले लिएको थियो ।

पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको थियो । नयाँ प्रविधिको आर्क ब्रिजको ईन्जिनियर अजयकुमार साहको रेखदेखमा ढलान गरेको र कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउने योजना रहेको छ ।

वि.सं.२०७९ असोज ३० आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...