back
NMB ad

नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

Kumari bank ad

काठमाडौं । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रा।लिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ। स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।

अहिलेको बजार गतिशील छ। ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन्। यसबाहेक, ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ।
नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,’ उनले भने।
प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ।

यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरणहरू उपभोक्ता-केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।

यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।

वि.सं.२०७९ असोज ३१ सोमवार १३:५१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...