back
NMB ad

बैंकहरुले बढाए कर्जाको ब्याजदर, कुन बैंकबाट कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?

Kumari bank ad

काठमाडौं। बैंकहरुले कार्तिक महिनामा मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाउने निर्णय गरे पनि कर्जाको ब्याज भने बढाउने भएका छन् । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुनेगरी कर्जाको ब्याज बढाउने भएका हुन् ।

बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा कर्जाको ब्याजदर १८.२८ प्रतिशतसम्म पुगेको हो । कात्तिक महिनामा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको ब्याजदर १८.२८ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको १२.८६ प्रतिशत ब्याज रहेको छ ।

अहिले बैंकहरुको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर तोक्ने १० वटा बैंक रहेका छन् भने बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।

सिभिल बैंक

सबैभन्दा बढी आधारदर भएको बैंकमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । सिभिल बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थपिन्छ । यसरी हेर्दा सिभिल बैंकबाट कर्जा लिँदा १८.१५ प्रतिशत ब्याज लाग्ने छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको आधारदर पनि १० प्रतिशतभन्दा बढी छ । यो बैंकको आधारदर १०.२८ प्रतिशत छ भने प्रिमियम ८ प्रतिशत थप्दा यो बैंकको ब्याजदर १८.२८ प्रतिशत पुग्छ ।

राष्ट्रिय वाणिज्य बैंक

सबैभन्दा कम ब्याज सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.८६ प्रतिशत र ५ प्रतिशत प्रिमियम थप्दा १२.८६ पुग्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.८७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३६ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ ।

सनराइज बैंक

सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ ।

सेन्चुरी बैंक

यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

एनसीसी बैंक

एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

मेगा बैंक

मेगा बैंकबाट कर्जा लिने ऋणीले १७.४६ प्रतिशत ब्याज तिर्नु पर्नेछ । अहिले बैंकको आधारदर १०.४६ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

कुमारी बैंक

कुमारी बैंकबाट कर्जा लिँदा १७.३७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ ।

सानिमा बैंक

सानिमा बैंकबाट कर्जा लिँदा १७.०४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

प्राइम बैंक

प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ ।

एनआईसी एशिया

एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने छ ।

प्रभु बैंक

प्रभु बैंकबाट कर्जा लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.६२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकबाट कर्जा लिँदा १६.३१ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३१ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १६.२५ प्रतिशतसम्म ब्याज तिर्नु पर्नेछ । बैंकको आधारदर ९.२५ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिँदा १६.१३ प्रतिशत ब्याज तिुर्न पर्ने हुन्छ । यो बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा ऋणीले १६.०६ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने छ । यो बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ ।

एनएमबी बैंक

यस्तै एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १६.१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.१ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

स्टयान्डर्ड चार्टर्ड बैंक

कात्तिक महिनाका लागि स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९५ प्रतिशत ब्याज तिर्नु पर्नेछ । बैंकको आधारदर ८.४५ प्रतिशत रहेको छ भने त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

सिद्धार्थ बैंक

यस्तै सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.८५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने छ ।

नबील बैंक

नबील बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

नेपाल बैंक

नेपाल बैंकबाट कर्जा लिँदा १४.४१ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९१ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकबाट कर्जा लिँदा १४.२७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर ९.२७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।

वि.सं.२०७९ कात्तिक २ बुधवार ०७:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...