back
mega bank Ad
Hero Ad

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

वि.सं.२०७९ कात्तिक २ बुधवार ०७:१९ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...