back
NMB ad

खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्दै नबिल इन्भेष्टमेन्ट, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले २३ कात्तिकदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्न लागेको हो ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा खुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ ।

जसमध्ये कोष प्रवर्द्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्कासन गर्नेछ । सो मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०९:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...