काठमाडौं । सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले एक वर्षमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका छन् ।
गत आवमा सीईओ पोखरेलले तलब वापत ८४ लाख, भत्ता, ६० लाख रुपैयाँ भत्ता र दशैं भत्ता बापत ९ लाख ५० हजार रुपैयाँ लिएका छन् ।
उनको सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १०९ रुपैयाँ लिएको बैंकले जनाएको छ ।
बैंकले संचालक बैठकभत्ता बापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको हो । उक्त तलब बापत उनले राज्यलाई ३६ प्रतिशत आयकर तिरेका छन् । बैंकले कात्तिक ४ गते बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १९:३७ मा प्रकाशित