काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई वटा फण्डको कारोबार फुकुवा गरिदिएको छ ।
गत असोज २६ गते लिस्टिङ विनियम २०७५ को पालना नगरेको भन्दै नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरिदिएको थियो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले प्रतिफल घोषणा समयमा नेप्सेमा नपठाएपछि कारोबार रोकेको थियो । सो सम्बन्धमा मानवीय त्रुटी भएको र अब उप्रान्त त्यस्तो त्रुटी नदोहोरिने भनी कम्पनीले क्षमायचाना गरेपछि आगामी कार्तिक १४ गतेदेखि लागु हुने गरी कारोबार फुकुवा गएिको नेप्सेले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार १३:५४ मा प्रकाशित