back
NMB ad

‘रेफर सेन्टर’ जस्तो चौतारा अस्पताल

Kumari bank ad

सिन्धुपाल्चोक । कानको उपचारको लागि चौतारा अस्पताल पुगेका लक्ष्मण विष्टले उपचारमा आवश्यक सामग्री नभएको अस्पताल प्रशासनको जवाफपछि त्यसै फर्किनु पर्यो । अस्पताल प्रशासनले नै उनलाई काठमाडौंका अस्पतालहरू जान आग्रह गरे ।

सिन्धुपाल्चोकवासीलाई अस्पतालको यस्तो जवाफ पहिलो भने होइन । अस्पताल पुग्ने प्रायः बिरामीले पाउने जवाफ यस्तै यस्तै हुने गर्छ । पछिल्लो समय चौतारा अस्पताल ‘रेफर सेन्टर’ जस्तो मात्रै बनेको स्थानीयको दुखेसो छ ।

उपचारका लागि आवश्यक सामान्य सामग्री र चिकित्सक नहुँदा सिन्धुपाल्चोकवासी सामान्य उपचारका लागि समेत काभ्रेको धुलिखेल वा राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यतामा छन् ।

सदरमुकाममा चौतारास्थित यो अस्पताल बागमती प्रदेशअन्र्तगत सञ्चालित छ । अस्पतालको सेवा सुधारको नारा पटक पटक सुने पनि अस्पताल स्वयं भने ‘कोमा’मा रहेको सर्वसाधारणको आरोप छ ।

निःशुल्क औषधिमा चर्को शुल्क

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा हरेक सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने घोषणा भएको थियो । तर चौतारा अस्पतालको फार्मेसीमा अहिले पनि निःशुल्क पाइने औषधिको नामावली ७० प्रकारका मात्रै छ । निःशुल्क भनी लेखिएको औषधि कै समेत अस्पतालले बिल काटेर खुलेआम शुल्क लिइरहेको सेवाग्राहीहरू बताउँछन् ।

चौताराका ठाकुर श्रेष्ठ भन्छन्, ‘निःशुल्क औषधि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा छैन । नजिकैको निजी मेडिकलमा जानुपर्छ । निःशुल्क औषधिको नाममा यसरी अनियमितता मौलाएको छ ।’

सबै बिरामीको उपचार एउटै कोठामा

अस्पतालमा दैनिकजसो भिडभाड हुने गरेको छ । सेवामा मात्रै होइन अस्पतालको व्यवस्थापन पनि निकै कमजोर छ । शौैचालयबाट निस्केपछि हात धुन धारोमा पानी हँुदैन । एक्सरे, रगत परीक्षण मेसिन जस्ता सामग्री एक पटक बिग्रिएमा लामो समयसम्म बन्दैन । भवन निर्माणको क्रम रहेकाले सबै बिरामीलाई एउटै कोठामा राखेर उपचार गरिन्छ ।

जेष्ठ नागरिकले पनि निःशुल्क उपचार पाउँदैनन्

कानुनमा जेष्ठ नागरिकहरूलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट दिनुपर्ने हो । तर, यो अस्पतालले राज्यले जारी गरेको कानुन समेत नटेर्ने गरेको नेपालका बारका अध्यक्ष एवं अधिवक्ता भुपेन्द्र थिङले बताए । बुबाको उपचार गर्दा कुनै छुट नपाएको र यसबारे प्रश्न गर्दा अनेक बाहाना गरेको उनको भनाइ छ ।

चौतारा अस्पताल व्यवस्थापन समिति अध्यक्ष टंक कार्कीले भने न्यूनतम सेवा मापदण्ड कुनै पनि स्वास्थ्य संस्थाको ऐना भएको र कमजोरी भएको भए सुधारेर जाने बताए ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १४:११ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...