back
NMB ad

मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित भएको छ । एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५ प्रतिशत ले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

यसअवधिसम्म सञ्चालन नाफा ११.०५ प्रतिशत ले घटेर ४३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सो नाफा ४९ करोड ३६ लाख रुपैयाँ रहेको थियो । गत वर्ष १७ करोड ४८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने २२.२४ प्रतिशतले बढेर १ अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको थियो । यसको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसाले घटेर २१ रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५८ पैसा छ ।

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १२:४४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...