back
mega bank Ad
Hero Ad

मल्टिपर्पस फाइनान्सको नाफामा देखियो चमक, कुन सूचक कस्ता ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमाससम्म आइपुग्दा मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो । योसँगै इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ ।

सञ्चालन नाफा ३.५८ प्रतिशत ले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी भने ३.५८ प्रतिशत ले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

असोज समान्तसम्मको अवधिमा कम्पनीको चुक्तापूँजी १३ प्रतिशतले बढेर ४५ करोड २० लाख रुपैयाँ, जगेडा कोष १७८.५८ प्रतिशतले बढेर ३ करोड ५८ लाख ५१ हजार रुपैयाँ, निक्षेप संकलन २३७.८० प्रतिशतले बढेर १ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको  प्रतिसेयर आम्दानी ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ पैसा ३२ पैसा छ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १२:३५ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...