back
NMB ad

समृद्धि फाइनान्सको खुद ब्याज आम्दानी बढेसँगै नाफा घट्यो

Kumari bank ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड १४ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १२९.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५२.१६ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज २२ लाख रुपैयाँबाट बढेर ३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। जसकारण सञ्चालन मुनाफा ३ करोड ६५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि नोक्सानमा रहेको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा नोक्सानमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ५७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १५ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ। फाइनान्सको निक्षेप ७.४७ प्रतिशत बढेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...