काठमाडौं । आज सेयर बजारमा वृद्धि भएको छ । बुधबार सेयर बजार ७.३२ अंकले बढेको हो ।
आज नेप्से परिसुचक १९३८.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । उक्त दिन १ अर्ब ४६ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
उक्त दिन २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेको ३ उपसूचक बाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १५:०५ मा प्रकाशित