back

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा

Kumari bank ad

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “यो नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ ।हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।”

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...