काठमाडौं । रिलायन्स फाइनान्सले ४ करोड २५ लाख ३८ हजार रुपैयाँ खुद घाटा ब्योहोरेको छ । गत वर्षको यही अवधिमा यसले २ करोड १९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ४ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
गत वर्ष उक्त नाफा ३ करोड १३ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी पनि ५१.४७ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले यसको खुद नाफामा प्रभाव परेको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा भारी मात्राले बढेको छ । यसले इम्पेयरमेन्ट चार्ज बापत ३ करोड ५१ लाख ८० हजार रुपैयाँ छुट्याएको छ ।
सो रकम गत वर्ष ५६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा पनि ६ करोड ९९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १६ पैसा नोक्सानमा रहेको छ ।
गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५८ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:५३ मा प्रकाशित