back

आउँदो निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदाता, कुन निर्वाचनमा कति थिए मतदाता ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर ४ गते हुने निर्वाचानमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो । आयोगका अनुसार उक्त निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए ।

पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा कुल मतदाता संख्या ७१ लाख ९२ हजार ४५१ रहेको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापन भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए ।

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता १ करोड २० लाख रहेका थिए ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो ।

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो । दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो । त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए ।

२०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो । संविधान सभा सदस्य निर्वाचनमा कुल मतदाता १ करोड ७६ लाख ११ हजार ८३२ रहेका थिए ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो । संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो ।

दोस्रो संविधान सभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए ।

२०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो ।

त्यसपछि २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन भएको थियो । गत वैशाखमा भएको उक्त निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका थिए ।

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...