back

विश्वकपका कारण अफिस समय परिवर्तन, नेपाली दूतावास विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

काठमाडौं । फिफा विश्वकप २०२२ को तयारीको लागि कतार सरकारले सरकारी कार्यालयहरु खुल्ने समय परिवर्तन गरेको छ ।

कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको हो ।

सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ ।

‘फिफा विश्वकप २०२२ को तयारीका लागि सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन गर्ने बारे कतारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई ध्यानमा राख्दै २०७९ कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी पुस ५ गतेदेखि दूतावास पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:३७ मा प्रकाशित

You can share this post!

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

वि.सं.२०७९ माघ १५ आइतवार १६:५८

काठमाडौं । वाह! अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ माघ १५ आइतवार १५:२१

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै

वि.सं.२०७९ माघ १५ आइतवार १३:५५

काठमाडौं । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको...

पोखरामा पनि एक युवाले आफ्नै शरीरमा आगो लगाए

पोखरामा पनि एक युवाले आफ्नै शरीरमा आगो लगाए

वि.सं.२०७९ माघ १५ आइतवार १३:४९

काठमाडौं । पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय...