back
NMB ad

ब्याजदर एक अंकमा झार्न यातायात व्यवसायीको माग, माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी

Kumari bank ad

काठमाडौं । कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्नु पर्ने माग पनि अघि सारेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको असर विभिन्न व्यवसायमा देखिएको भन्दै तीनवटा महासंघद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यही सेरोफेरोमा नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला। परी तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैक तथा वित्तीय संस्थाहरुबाट एक्कासि गरिएको कर्जाको ब्याजदरमा वृद्धिका साथै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’मा गरिएको व्यवस्था प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा यथेष्ट योगदान दिदै आएको तीनवटै महासंघहरुले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाहय कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायीत्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैकले विशेष पहल गर्नुपर्ने माग पनि विज्ञप्तिमार्फत अघि सारेका छन् ।

तरलता अभावका कारण उद्योग व्यापार व्यवसायको मन्दीले यातायात व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने अवस्थामा झनै आहात पुग्ने गरी एक पक्षीय ढंगले बैक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरिएको ब्याजदर वृद्धि गरेर कर्जा नीति संशोधन गर्न सार्वजनिक यातायात, मालवाहक यातायात र ढुवानी व्यवसायीहरु पीडित हुनुपर्ने अवस्था आएको ढुवानी व्यवसायी संघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताउनु भयो । उहाँले पहिले सामान्य किसिमले मात्र सञ्चालनमा रहेको यातायात व्यवसाय अत्यन्त जटिल अवस्थामा पुगी बन्द नै गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पनि सुनाउनु भयो ।

तीन महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ ‘ अस्वभाविक रुपमा गरिएको ब्याजदर वृद्धिसँगै संशोधित कर्जा नीतिलाई संशोधन गरी एकल बिन्दुमा ब्याजदर कायम गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सम्बद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै निजी क्षेत्रले गर्दै आएको विरोधका कार्यक्रममा ऐक्यबद्धता जनाउने र देश व्यापीरुपमा चरणवद्ध आन्दोलनका कार्यकम गर्दै जान बाध्य हुने जानकारी गराउदँछौं’ ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १४:०२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...